शीर्ष डिभिजनमा उक्लियो टोखा को श्री भगवती क्लब
काठमाडौं । ब्वाइज युनियन क्लबविरुद्ध २-१ को जित निकाल्दै श्री भगवती क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बढुवा भएको छ । श्री भगवतीले पहिलाे पटक शीर्ष डिभिजनकाे उडान भरेकाे हाे ।
जितसँग दोस्रो स्थामा रहेको श्री भगवतीले १२ खेलमा २६ अंक जोड्यो । प्लानिङ ब्वाइज युनाइटेड यसअघि नै शीर्ष डिभिजनमा उक्लिसकेको छ।
पराजित ब्वाइज युनियन १२ खेलमा १९ अंकका साथ तेस्रो स्थानमा छ ।
मंगलबारसातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ( एन्फा) मुख्यालय मैदानमा भगवतीलाई जित दिलाउन शिशिर लेखी र अजित लामाले गोल गरे । ब्याइज युनियनका सञ्जीव लामाले गोल फर्काए ।
खेलको छैटौं मिनेटमै शिशिरको गोलमार्फत भगवतीले अग्रता लिएको थियो। ३८औं मिनेटमा अजितले टोलीको अग्रता दोब्बर बनाए ।
सञ्जीवले ७९औं मिनेटमा गोल गर्दै ब्याइज युनियनलाई फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #शीर्ष डिभिजनमा उक्लियो श्री भगवती
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्