Techie IT
आईतबार, साउन १७,२०८३

रवि-छविकाे सुनुवाइ हेर्दाहेर्दैमा


काठमाडौं । सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासमा आज सुनुवाइ सुरु भएपनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।

अब बाँकी बहस भोलि हुनेछ ।

उच्चको आदेश बेरितको ठहरिएमा इजलासले यसलाई उल्टाएर जिल्लाको आदेश सदर गर्न सक्नेछ । त्यसो भयो भने रवि धरौटीमा छुट्नेछन् । यदि उच्चकै सदर भए रवि थुनामै रहनुपर्छ ।

रविसँगै सहकारी ठगीमा आरोपित गरिएका पूर्वडीआइजी छविलाल जोशीको पनि सुनुवाइ भइरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रवि-छविकाे सुनुवाइ हेर्दाहेर्दैमा


तपाईको कमेन्ट लेख्नुहोस्