बस र माइक्रो ठोक्किँदा नौ जना घाइते, पाँच गम्भीर
नवलपुर, जेठ ६ गते । नवलपुरको गैँडाकोट नगरपालिका–९ थुम्सीमा बस र माइक्रोबस एक आपसमा ठोक्किँदा नौ जना घाइते भएका छन् । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार काठमाडौँबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख ६६७२ नम्बरको बस र बुटवलबाट नारायणगढ तर्फ जाँदै गरेको लु २ ख ६९८५ नम्बरको माइक्रो बस एकआपसमा ठोक्किँएर दुर्घटना भएको हो ।
दुर्घटनामा परी माइक्रो बसका चालक रुपन्देहीको देवदह नगरपालिका–२ का ४२ वर्षीय बिनोद सिंह ठाकुर, माइक्रोका सहचालक २९ वर्षीय गोपाल मगर, चितवन भरतपुर महानगरपालिका–१६ का २१ वर्षीया अनिता नेपाली, ३६ वर्षीया बिष्णु नेपाली र रुपन्देही बुटवल उपमहानगरपालिका–५ का २२ वर्षीया वर्षात सुबेदी गम्भीर घाइते भएका प्रहरी नायब उपरीक्षक नेपालले जानकारी दिनुभयो ।
घाइतेहरुको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुबै सवारी साधन र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पाँच गम्भीर, #बस र माइक्रो ठोक्किँदा नौ जना घाइते
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्