एक वर्षमै ४९ प्रतिशतले बढ्यो शंकास्पद कारोबार तथा गतिविधि
काठमाडौं । शंकास्पद कारोबार तथा गतिविधिमा उल्लेख्य वृद्धि भएको छ । यस्तो कारोबार तथा गतिविधि एक वर्षमै ४९ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वित्तीय जानकारी इकाई (एफआईयू नेपाल)का अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ बमोजिम सूचक संस्थाहरूले इकाईमा सम्प्रेषण गरेका शंकास्पद कारोबार तथा गतिविधि प्रतिवेदनको सङ्ख्या सन् २०२३ मा ६ हजार २५५ रहेको थियो । उक्त सङ्ख्या सन् २०२४ मा करिब ४९ प्रतिशतले वृद्धि भई ९ हजार ३०४ पुगेको छ ।
सन् २०२४ मा यस इकाईले एक हजार ८९४ प्रतिवेदन विश्लेषण गरेकोमा सो मध्ये १ हजार ८६ वटा प्रतिवेदन थप अनुसन्धानका लागि कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायमा तथा नियामकीय कारबाहीका लागि नियमनकारी निकायमा प्रवाह गरेको छ । सो मध्ये ८०८ वटा प्रतिवेदन इकाईले भविष्यमा थप जानकारी प्राप्त भएमा पुनः विश्लेषण गर्ने गरी अभिलेखीकरण गरेको छ ।
सूचक संस्थाहरूले इकाईमा सन् २०२३ मा १७ लाख ८३ हजार १८३ वटा सीमा कारोबारको विवरण पेस गरेकोमा सन् २०२४ मा सो सङ्ख्या १९ लाख ७२ हजार ८५५ पुगेको छ ।
सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी गर्नुपर्ने रिपोर्टिङ तथा पत्राचारका लागि इकाईको गोएएमएल प्रणालीमा आबद्ध सूचक संस्थाहरू, कानुन कार्यान्वयन गर्ने/अनुसन्धानकारी निकायहरू र नियामक निकायहरूको जम्मा सङ्ख्या सन् २०२३ को अन्त्यमा एक हजार ४९६ रहेको थियो । उक्त सङ्ख्या सन् २०२४ को अन्त्यमा १ हजार ९०५ पुगेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक वर्षमै ४९ प्रतिशतले बढ्यो शंकास्पद कारोबार तथा गतिविधि
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्