बढ्दै सर्पदंशका बिरामी
काठमाडौँ, जेठ ६ गते । पछिल्लो एक/दुई हप्तादेखि सर्पदंशका बिरामी बढ्दै गएका छन् । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्पदंशका बिरामी बढ्दै गएको अस्पतालका निर्देशक डा.युवानिधी बसौलाले जानकारी दिनुभयो ।
उहाँका अनुसार एक÷दुई हप्तादेखि दैनिक पाँच÷छ जना सर्पदंशका बिरामी अस्पतालमा आउने गरेका छन् ।
अधिकांश बिरामी काठमाडौँ उपत्यका वरिपरीका जिल्लाबाट आउने गरेको उहाँको भनाइ छ । हरेक वर्ष जेठदेखि भदौसम्ममा सर्पहरु खाना खोज्न बाहिर निस्कने हुँदा यो समयमा अस्पतालमा शर्पदंशका बिरामी बढ्ने गरेको बसौला बताउनुहुन्छ ।
टेकु अस्पतालमा अधिकांश बिरामी हरियो सर्पले टोकेर आउने गरेका छन् । सर्पले टोकेर अस्पतालमा आएका बिरामीको अवस्था हेरेर तीनदेखि पाँच दिन भर्ना गरेर उपचार गरेको गरेको उहाँले जानकारी दिनुभयो ।
हरियो सर्पले टोकेमा बिरामीमा रगत पातलो भएर रगत बग्ने, घाँउ हुने जस्ता लक्षण देखिने उहाँ बताउनुहुन्छ ।
सर्पहरु विषालु र विषरहित गरी दुई प्रकारका हुन्छन् । विषरहित सर्पले टोक्दा टोकेको ठाउँमा सुनिने घाउ हुने, घाँउ पाकेर चिलाउने जस्ता सामान्य समस्या देखिने गर्छ । विषालु सर्प रगत पातलो बनाउने र नसा र माशंपेशीमा असर गर्ने गरी दुई प्रकारका हुन्छन् ।
स्वास्थ्य सेवा विभागको वार्षिक स्वास्थ्य प्रतिवेदन २०८०/८१ ले आर्थिक वर्ष २०८०/८१ मा आठ हजार १८१ जना सर्पदंशका बिरामी पत्ता लगाएका मध्ये छ हजार ६९३ लाई विष रहित र एक हजार ४८८ लाई विषालु सर्पले टोकेको तथ्याङ्कले देखाएको छ ।
सर्पको टोकाईबाट बच्न घर वरिपरि नियमित सरसफाइ गर्ने, सर्पलाई नचलाउने, हिँड्दा ध्यान दिने, घाँस काट्न जाँदा, जङ्गल, झाडीमा जाँदा सर्प भए नभएको जाँच गर्ने, घाँस काट्दा, खेतबारीमा काम गर्दा बुट र पञ्जा लगाउँदा सर्पको टोकाइबाट बच्न सकिन्छ । अँध्यारोमा बत्ती बालेर हिँड्न चिकित्सकको सुझाव छ ।
सर्पले टोकेका बिरामीलाई लक्षित गर्दै सरकारले “एन्टी स्नेक भेनस सेरम” मलम सर्पदंश केन्द्रबाट निःशुल्क वितरण गर्दै आएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #बढ्दै सर्पदंशका बिरामी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्