प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जाेगाउने नेतृत्व गरेकाे बालेनकाे आराेप
काठमाडाैं । काठमाडाैं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारी जाेगाउने नेतृत्व गरेकाे आराेप लगाएका छन् ।
उनले सामाजिक सञ्जालमा यस्ताे आराेप लगाएका हुन् । सोमबार सिंहदरबारमा गणतन्त्र दिवस आयोजनाका लागि भएको बेठकमा प्रधानमन्त्री ओलीले मेयर बालेनको अनुपस्थितिबारे प्रश्न उठाउँदै कारण सोध्न भनेका थिए । त्यसकाे जवाफ पर्काउँदै बालेनले कार्यक्रममा नजाने भनेर जवाफ फर्काएका हुन् ।
सामाजिक सञ्जालमा त्यसको जवाफ दिँदै बालेनले ओलीलाई भ्रष्ट प्रणाली चलाएको र भ्रष्टाचारीलाई जोगाएको समेत आरोप लगाए । आफूले भ्रष्टचार रोक्छु भन्दा सबै दल मिलेर भ्रष्टचारी जोगाउँछु भनेको र प्रधानमन्त्री ओलीले त्यसको नेतृत्व गरेको उनले आरोप लगाएका छन् ।
‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छु भन्दा देशको सबै पार्टीको सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छ, उनले लेखेका छन्, ‘त्यस्को नाइकेको कार्यक्रममा म गैदिनु पर्ने ?’
उनले अगाडि लेखेका छन्, ‘सरी केपी ओली आई डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’

क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्री ओलीले भ्रष्टाचारी जाेगाउने नेतृत्व गरेकाे बालेनकाे आराेप
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्