गर्मी बढेसँगै डेंगु सङ्क्रमण बढ्यो
काठमाडौं । रौतहटमा गर्मी बढेसँगै डेंगु सङ्क्रमणको जोखिम पनि बढेको छ । पछिल्लो दुई सातामा ५० जनाभन्दा बढी बिरामीमा डेंगुको सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।
गर्मी मौसम सुरु भएसँगै जिल्लामा लामखुट्टेको प्रकोप बढेको स्थानीय नागरिकको गुनासो छ । रौतहटको गौर नगरपालिका क्षेत्र डेंगु प्रभावित क्षेत्रमध्ये अग्रस्थानमा रहेको बताइएको छ । नगरपालिकाका विभिन्न वडाहरूमा डेंगु सङ्क्रमितको सङ्ख्या उच्च रहेका जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ । उक्त समस्या न्यूनीकरण गर्न पलिकाले सबै वडामा फगिङ स्प्रे गर्ने योजना बनाएको पालिकाका निमित्त प्रशासकीय अधिकृत सुभाषकुमार ठाकुरले जानकारी दिनुभयो ।
स्थानीय स्वास्थ्य संस्थाहरूमा डेंगु रोगका बिरामीको चाप बढ्दै गएकाले औषधी तथा जाँचको अभाव देखिन थालेको स्थानिय अस्पतालले जनाएको छ ।
जनस्वास्थ्य कार्यालय रौतहटले समुदायमा डेंगुका बारेमा चेतना फैलाउन अभियान सुरु गरेको जनाइएको छ । डेंगुको संक्रमण नियन्त्रण गर्नका लागि घर वरिपरि पानी जम्न नदिन जिल्ला जनस्वास्थ्य कार्यालय रौतहटका प्रमुख डा.रमेश यादवले आग्रह गर्नुगएको छ । स्थानीय बासिन्दाहरूले डेंगु सङ्क्रमण थप फैलिन सक्ने भन्दै स्वास्थ्य सेवा सुदृढ गर्न माग गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गर्मी बढेसँगै डेंगु सङ्क्रमण बढ्यो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्