आफ्ना साहूमहाजन जोगाउन मिटरब्याजपीडितमाथि राजनीति नगरौं : सुमना
काठमाडौं । रास्वपा सांसद सुमना श्रेष्ठले मिटरव्याजपीडितको समस्या समाधान गरी समयमा नै न्याय दिन सरकारको ध्यानाकर्षण गराएकी छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले विभिन्न आयोग बने पनि प्रतिवेदन कार्यान्वयन नभएको बताएकी छन् । सर्वोच्चका पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा गठित मिटर ब्याजसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन र पूर्वन्यायाधीश तेजबहादुर कार्कीको आयोगले बनाएको कार्यविधि स्वीकृत भए ८० प्रतिशत मिटर ब्याज पीडितको समस्या समाधान हुने श्रेष्ठको भनाइ छ ।
‘तर, यसका लागि आफ्नो-अर्को नभनी सबैमाथि अनुसन्धान हुनुपर्छ । आयोगमाथि आयोग बनाउने र पीडितको समस्या गिजोलिरहने सही भएन’, उनले भनिन् ।
राज्यले नै मिटरव्याजपीडितलाई आन्दोलन गर्न बाध्य पारिरहेको आरोप लगाउँदै उनले यसअघिको आयोगलाई असफल बनाएर अहिले कामचलाउन प्रतिवेदन तयार गर्न अर्को आयोग बनाइएको जिकिर गरे ।
‘आफ्नो पार्टीको साहूमहाजन जोगाउन पीडितमाथि राजनीति नगरौं’, सुमनाको सुझाव छ ।
क्याटेगोरी : समाचार
ट्याग : #आफ्ना साहूमहाजन जोगाउन मिटरब्याजपीडितमाथि राजनीति नगरौं : सुमना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्