‘ओलीलाई मैले नै प्रधानमन्त्री बनाएको थिएँ, अब एमालेसँग एकता सम्भव छैन’
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको सुझाव र आलोचना गम्भीररूपमा ग्रहण गर्दै पार्टीलाई आत्मसमीक्षा गरेर अघि बढाइरहेको बताएका छन् ।
मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानका क्रममा जाजरकोटमा दाहालले कम्युनिष्ट एकताको सन्दर्भ उठेको भन्दै अध्यक्ष प्रचण्डले आफू नै कम्युनिष्ट एकताको प्रस्तावक भएको बताए ।
उनले भने, ‘मैले नै पार्टी एकता गरेर केपी ओलीलाई प्रधानमन्त्री बनाएको हुँ । तर, त्यो एकता किन टुट्यो ? त्यसको डाइग्नोसिस नगरी उपचार सम्भव छैन । हामीले इमानदारीपूर्वक मूल्याङ्कन गर्नुपर्छ ।’
संघीयताको मर्मअनुसार अधिकार प्रत्यायोजन हुन नसकेको जनगुनासोप्रति उनले सरकारको ध्यानाकर्षण गराए । संविधान कार्यान्वयनका लागि कर्मचारी विधेयक, विद्यालय शिक्षा विधेयकमा पनि प्रचण्डको जोड छ ।
यो अभियान पार्टीका कमजोरी सच्याउँदै जनता र वर्गसँग पुनः सम्बन्ध जोड्ने प्रयास रहेको उनको भनाइ छ ।
कार्यक्रममा वक्ता र स्थानीयले जाजरकोटमा भेरी करिडोर, मध्यपहाडी लोकमार्ग, लुम्बिनी-रारा लोकमार्गजस्ता विकास आयोजना अघि बढेको, तर नलगाड जलविद्युत् आयोजना अघि नबढेको भन्दै प्राथमिकतामा राख्नुपर्ने माग राखेका थिए ।
जवाफमा प्रचण्डले भने, ‘तपाईंहरूले उठाएका प्रश्नहरू ग्रहणयोग्य छन्, सुझावहरू महत्वपूर्ण छन् । हामी उपदेश दिने शैलीमा होइन, जनताको सुझाव सुन्ने तरिकाबाट अभियानमा होमिएका छौँ ।’
आफू प्रधानमन्त्री रहेका बेला भूकम्पको समयमा जाजरकोटमा तत्काल राहत तथा उद्धारका काम सुरू गरेको सम्झिँदै उनले त्योअनुसार काम हुन नसक्नु दुःखद भएको टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #‘ओलीलाई मैले नै प्रधानमन्त्री बनाएको थिएँ, #breaking, #अब एमालेसँग एकता सम्भव छैन’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्