ज्ञानेन्द्र शाहीको चुनौती: कर्णालीलाई हेपेको भए सार्नुस् तपाईँहरूको राज्यव्यवस्था, हामी चलाएर देखाउँछौं
काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्णालीबाट राज्य व्यवस्था सार्न सरकारलाई चुनौती दिएका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै हुम्लामा गएको हिम पहिरोमा परेकाहरूको अझै उद्धार नगरेको भन्दै असन्तुष्टि जनाए।
उनले भने,‘मन्त्रीहरूको सवारी हुँदा सरकारी हेलिकप्टर घुमेको घुम्यै हुने, हुम्लामा हिम पहिरो गएर जनताहरू रोइरहेका छन्, यो सरकारले एउटा हेलिकप्टर पठाउन सकेको छैन। के कर्णालीलाई हेपेको हो ? यदि हेपेको हो भने कर्णालीलाई अलग बनाउनुस्, तपाईँको राज्यव्यवस्था कर्णालीबाट सार्नुस्। हामी चलाएर देखाउँछौँ।’
उनले हिम पहिरोले जनता मरिरहेको बेलामा सगरमाथा संवादको नाममा नाटक गरेको टिप्पणी गरे। उनले हिम पहिरोमा परेकाहरूको उद्धार गर्नको लागि सरकारलाई रुलिङ गन पनि माग गरे।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #ज्ञानेन्द्र शाहीको चुनौती: कर्णालीलाई हेपेको भए सार्नुस् तपाईँहरूको राज्यव्यवस्था, #हामी चलाएर देखाउँछौं
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्