आईपीओको पाइपलाइनबाट सेबोनले हटायो १४ कम्पनी, कुन- कुन परे ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १४ कम्पनीलाई हटाएको छ। लामो समयदेखि आईपीओ निष्काशनका लागि आवेदन दिएर अनुमतिको पर्खाइमा रहेका १४ कम्पनीलाई सेबोनले पाइपलाइनको सूचीबाट हटाएको हो ।
सेबोन स्रोतका अनुसार प्रति शेयर नेटवर्थ ९० रुपैयाँ भन्दा कम रहेका कम्पनीलाई आईपीओको प्रक्रियाबाट हटाइएको हो । सार्वजनिक लेखा समितिले २०८० पुस १३ गते प्रति शेयर नेटवर्थ ९० वा सोभन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन गर्न नदिन बोर्डलाई निर्देशन दिएको थियो ।
आईपीओ पाइपलाइनको सूचीबाट सबैभन्दा बढी जलविद्युत् कम्पनीहरू रहेका छन् । जसमा सानिमा हाइड्रो पावर, लाफिङ बुद्ध पावर नेपाल, पुवा खोला–वन हाइड्रोपावर लिमिटेड, बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड, पुवा खोला वान हाइड्रोपावर लिमिटेड र रिचेट जलविद्युत कम्पनी छन् ।
त्यस्तै, एपेक्स हस्पिटालिटी लिमिटेड, अर्किड होल्डिङ लिमिटेड, अन्नपूर्ण केवलकार, ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेड, युनिक हाइडेल कम्पनी लिमिटेड, एकर्ड फर्मासुटिकल्स लिमिटेड, सोपान फर्मासुटिकल्स लिमिटेड, कान्तिपुर टेलिभिजन नेटवर्क लिमिटेड र प्रभु हेलिकप्टर लिमिटेड पनि आईपीओको पाइपलाइनबाट सेबोनले हटाएको छ ।
पछिल्लो तथ्यांक अनुसार अहिले ७७ वटा कम्पनीको आईपीओ पाइपलाइनको सूचीमा रहेका छन् । यी कम्पनीहरूको ५२ अर्ब ५३ करोड ८५ लाख १३ हजार बराबरको ३६ करोड ९२ लाख ९८ हजार कित्ता बराबरको आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #आईपीओको पाइपलाइनबाट सेबोनले हटायो १४ कम्पनी, #कुन- कुन परे ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्