शिक्षक महासंघले भन्यो- अन्यायको तानाबाना बुनियो, जुनसुकै बेला आन्दोलन हुनसक्छ तयार रहनू
काठमाडौं । शिक्षा विधेयकका सन्दर्भमा संसदीय उपसमितिले तयार पारेको प्रतिवेदनमा आपत्ति जनाउँदै शिक्षक महासंघले आन्दोलनको मर्म र विगतका सहमति सम्बोधन हुने गरी विषय समेट्न ध्यानाकर्षण गराएको छ ।
महासंघले आज एक विज्ञप्ति निकाल्दै अब संसदीय समितिको छलफलबाट शिक्षक-कर्मचारीविरोधी प्रबन्ध नहटाइए जुनसुकै बेला आन्दोलन हुनसक्ने भन्दै तयार रहन विद्यालयका शिक्षक कर्मचारीहरूलाई अपिल पनि गरिएको छ ।
अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले जारी गरेको संयुक्त विज्ञप्तिमा नाममात्रका झिना मसिना विषयहरू सम्बोधन गरे झैँ गरी प्रतिवेदनमा शिक्षक-कर्मचारीमाथि अन्यायको तानाबाना बुनिएको टिप्पणी गरिएको छ ।




क्याटेगोरी : समाचार
ट्याग : #breaking, #जुनसुकै बेला आन्दोलन हुनसक्छ तयार रहनू, #शिक्षक महासंघले भन्यो- अन्यायको तानाबाना बुनियो
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्