स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने, सांसदसँगको प्रश्नोत्तर स्थगित
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सांसदहरूको प्रश्नोत्तर आज नहुने भएको छ ।
स्वास्थ्यको कारण आजको बैठकमा उपस्थित हुन नसक्ने भएकाले प्रश्नोत्तरको कार्यसूची संशोधन हुने सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले नेपाल प्रेसलाई जानकारी दिए ।
संसद सचिवालयले आज प्रधानमन्त्रीसँग सांसदहरू प्रश्नोत्तरको कार्यसूची राखेको थियो । तर प्रधानमन्त्रीको सचिवालयले स्वास्थ्यका कारण संसदमा उपस्थित हुन नसक्ने जानकारी दिएको बर्तौलाले बताए ।
प्रत्येक महिना सांसदहरूसँग प्रधानमन्त्रीको प्रश्नोत्तर कार्यक्रम अन्तरगत आजको बैठकमा कार्यसूची राखिएको थियो ।
आज विहान ११ बजेका लागि संसद बैठक आह्वान भएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सांसदसँगको प्रश्नोत्तर स्थगित, #स्वास्थ्यका कारण प्रधानमन्त्री संसदमा नजाने
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्