भ्रष्टाचार मुद्दा लाग्दा पनि मोहन बस्नेतको शान, स्वास्थ्यमन्त्री रोकेर आफैँ गर्न खोज्दै उद्घाटन
सिन्धुपाल्चोक । टेरामक्स प्रकरणको ३ अर्ब २१ करोड बढी भ्रष्टाचारको मुद्दा दर्ता भएसँगै पूर्वमन्त्री एवं सिन्धुपाल्चोक-२ का कांग्रेस सांसद मोहनबहादुर बस्नेत अहिले निलम्बित छन् ।
तर, यही बेला सिन्धुपाल्चोकमा प्रमुख अतिथि बनेर स्वास्थ्य चौकीदेखि खानेपानी उद्घाटनसम्मको कार्यक्रममा आउन लागेपछि उनको आलोचना सुरू भएको छ । सुनकोशी गाउँपालिका-२ ठोकर्पामा बनेको भएको स्वास्थ्य चौकी भवन उद्घाटनको तयारीसहित प्रचारप्रसार थालिएपछि गाउँपालिकाले विज्ञप्ति नै निकाल्नुपरेको छ ।

अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले विज्ञप्ति नै निकालेर पालिकाको अनुमतिबेगर भवन उद्घाटन नगर्न/नगराउन चेतावनी दिएका छन् । साथै भ्रष्टाचारका अभियुक्त सहभागी हुने कार्यक्रममा नजान कर्मचारी र जनप्रतिधिलाई समेत निर्देशन दिएका छन् ।
वैशाख २५ गते गाउँ कार्यपालिका बैठकमा स्वास्थ्य चौकी भवन स्वास्थ्यमन्त्री प्रदीप पौडेलबाट उद्घाटन गराउने गरी सहमति गरी कार्यक्रम व्यवस्थापनका लागि १ लाख पेस्की दिइसकेको अवस्थामा बस्नेतबाट उद्घाटन गरिने प्रचारप्रसार भइरहेको भन्दै पालिकाको ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

विगतमा कुनै मुद्दा नहुँदा बस्नेतबाटै ३ नम्बरको स्वास्थ्य चौकी भवन उद्घाटन गरिएको स्मरण गर्दै सुनकोशीले विज्ञप्तिमा ‘मुद्दा दर्ता भएका अभियुक्त व्यक्तिबाट सो भवनको उद्घाटन नगर्न/नगराउन’ भनेको छ ।
गाउँपालिकाको अनुमतिविना जबर्जस्ती उद्घाटन गरिए कानूनी, प्रशासनिक जटिलताको जिम्मेवारी सम्बन्धित व्यक्ति वा संस्थाले लिनुपर्ने पालिकाले चेतावनीसमेत दिएको छ ।
पालिकाले जिल्ला प्रशासन कार्यालयलाई आइतबार पत्र पठाउँदै कार्यक्रममा केही अवरोध भए आफूहरू त्यसको जिम्मेवारी नहुने प्रष्ट्याएको छ । शहरी विकास तथा भवनलाई पनि अहिले भवन नबुझ्ने भनी पत्र पठाएको छ ।
नेकपा एमाले र माओवादी केन्द्रको गाउँपालिका कमिटीले पनि संयुक्त विज्ञप्ति निकालेर बस्नेतबाट भवन उद्घाटन गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । गाउँपालिका र प्रमुख दलहरूको असहमति हुँदा हुँदै आउन खोज्नु बस्नेतको उद्घाटन मोह भएको माओवादी केन्द्र सुनकोशीका अध्यक्ष मिम योञ्जनले टिप्पणी गरे ।

‘शहरी विकास तथा भवन डिभिजन कार्यालयले निर्माण सम्पन्न गरिसकेको स्वास्थ्य चौकी भवन गाउँपालिका कार्यालयलाई औपचारिक रूपमा हस्तान्तरण नगरी, गाउँपालिकाको जानकारीविना तथा सहमतिविना उद्घाटन कार्यक्रम तय गर्नु आफैँमा विधि, प्रक्रिया र स्थानीय स्वायत्तताको उल्लंघन र अपमान हो’, दलहरूको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #भ्रष्टाचार मुद्दा लाग्दा पनि मोहन बस्नेतको शान, #स्वास्थ्यमन्त्री रोकेर आफैँ गर्न खोज्दै उद्घाटन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्