बालेनको आलोचना गरेका ४ वडाध्यक्षहरूमाथि ‘कारबाही’
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले कार्यपालिका अन्तर्गत ४ वटा समितिका संयोजकहरुको जिम्मेवारी हेरफेर गरेका छन् । नगर कार्यपालिका (कार्य सम्पादन)नियमावली २०७४ को नियम १५ बमोजिम गठन भएको समितिका ४ संयोजकलाई जिम्मेवारीबाट हटाएर उनले उपनियम १ बमोजिम नयाँ संयोजक तोकेको महानगरले जनाएको छ ।
स्रोतका अनुसार बालेनले आफ्नो आलोचना गर्ने वडाध्यक्षहरुलाई अघोषित रुपमा कारवाही गरेका हुन् । प्रमुख प्रशासकीय अधिकृत प्रकरणमा आफूविरुद्ध खुलेर उत्रिएकाहरुलाई उनले निशाना बनाएका छन् ।
पछिल्लो समय बालेनका विभिन्न क्रियाकलापहरुप्रति खुला असहमति जनाएका वडा नम्बर १७ का अध्यक्ष नविन मानन्धरलाई सूचना प्रविधि समितबाट हटाइएको छ ।
प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई नगर प्रहरीको अवरोध बाबजुद कार्यालय प्रवेश गराउन मानन्धरले अग्रणी भूमिका खेलेका थिए । नविनको ठाउँमा वडा नम्बर ५ का वडाध्यक्ष वीरेन्द्र प्रजापतिलाई सूचना प्रविधि समिति संयोजक तथा प्रवक्ता बनाइएको छ ।
‘चेन्ज गर्ने मान्छेलाई थाहा हाेला नि किन हटाकाे भन्ने ?
यस्तै, वडा नम्बर २६ का अध्यक्ष ख्यामराज तिवारी, वडा नम्बर ८ का अध्यक्ष आशामान संगत र वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जनलाई क्रमशः सुशासन समिति, सम्पदा तथा पर्यटन समिति तथा विधायन समितिबाट हटाइएको छ । सुशासन समितिमा वडा नम्बर ३० का अध्यक्ष दलबहादुर कार्की, सम्पदा तथा पर्यटन समितिमा वडा नम्बर २४ का अध्यक्ष विनोद कुमार राजभण्डारी र विधायन समितिमा वडा नम्बर १६ की अध्यक्ष रोजिना श्रेष्ठ संयोजक तोकिएका छन् । श्रेष्ठ रास्वपाबाट उपचुनावमा वडाध्यक्ष निर्वाचित भएकी हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बालेनको आलोचना गरेका ४ वडाध्यक्षहरूमाथि ‘कारबाही’
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्