सतुङ्गलको आरआर कम्लेक्समा आगलागी
काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–११, सतुङ्गलस्थित आर।आर। कम्प्लेक्समा रहेको कपडाको गोदाममा आज विहान एक्कासी आगलागी भएको छ। विहान ५ः२० बजे सुरु भएको आगो करिब दुई घण्टापछि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार आगलागी भएपछि जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारी र डीएसपी सुन्दर तिवारीको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्बु, मातातिर्थ प्रहरी चौकी लगायत विभिन्न निकायबाट करिब ३० जना सुरक्षाकर्मी परिचालित भएका थिए।
आगो नियन्त्रणका लागि चन्द्रागिरि नगरपालिकाको दमकल, बालाजु औद्योगिक क्षेत्र, ललितपुर महानगर, नेपाली सेना र काठमाडौं महानगरपालिकाबाट गरी जम्मा ६ वटा दमकल परिचालन गरिएको थियो। साथै, स्थानीयबासीले उपलब्ध गराएका १५ वटा पानी ट्यांकरको पनि प्रयोग गरिएको थियो।
सशस्त्र प्रहरी बल, नेपाली सेना र स्थानीयको सक्रियतामा आगो बिहान ७:३० बजेसम्ममा नियन्त्रणमा आएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन भने वित्तीय क्षतिको विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुमानअनुसार आगलागी विद्युत सर्ट भएर भएको हुनसक्ने बताइएको छ, तर घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #सतुङ्गलको आरआर कम्लेक्समा आगलागी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्