कोटेश्वरमा तीन सवारी साधन ठोक्किँदा एकको मृत्यु, तीन घाइते
काठमाडौं, कोटेश्वर — काठमाडौंको कोटेश्वरमा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन्।
दुर्घटनामा परेर नुवाकोट घर भई हाल ललितपुरको धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। उनी पछाडि सवार मोटरसाइकलमा थिइन्।
प्रहरीका अनुसार २७ वर्षीय पदम थापामगर मोटरसाइकल चालक हुन्। दुर्घटनामा उनीसहित भ्यानका चालक शान्तिनगर निवासी रत्न सार्की र बसकी यात्रु काँडाघारीकी २० वर्षीया मेनुका बुढाथोकी घाइते भएका छन्।
घटनामा बा ३ ख ७०६२ नम्बरको बसले सडकमा रोकिराखेका दुई सवारी — बा प्र ०१-०२६ च २९२७ नम्बरको भ्यान र बा प्र ०२-०५३ प ३८२७ नम्बरको मोटरसाइकललाई बिहान ६:३५ बजे ठक्कर दिएको हो।
बसले रातो बत्ती बलेको अवस्थामा रोकिएको भ्यान र मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
घटनापछि इलामको सूर्योदय नगरपालिका–५ का ५९ वर्षीय बस चालक रामकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #कोटेश्वरमा तीन सवारी साधन ठोक्किँदा एकको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्