टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु
टोखा, काठमाडौं । टोखा नगरपालिका–३, सरस्वतीमा हिजोबाट क्रिस्टलको माला बनाउने तालीम सुरु गरिएको छ। वडा कार्यालयको आयोजनामा सुरु भएको उक्त तालीमको औपचारिक उद्घाटन एक कार्यक्रमबीच सम्पन्न भयो ।
तालीम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष रमेश डंगोलले उद्यमशीलता र आत्मनिर्भरता प्रवद्र्धन गर्ने उद्देश्यले यस्ता तालिमको आयोजना गरिएको बताए । उनले वडा कार्यालयले सधैं सीपमूलक तालिममार्फत स्थानीय युवायुवती र महिलाहरूलाई आत्मनिर्भर बनाउने अभियानलाई प्राथमिकतामा राखेको बताए । अध्यक्ष डंगोल सामाजिक विकासमा सक्रिय, निस्वार्थ सेवा भावले अघि बढ्ने जनप्रतिनिधिका रूपमा चिनिन्छन् ।
कार्यक्रमको संयोजन वडा सचिव सानु श्रेष्ठले गरेका थिए । सचिव श्रेष्ठ दीर्घकालीन सेवाप्रति समर्पित, कुशल प्रशासक तथा समुदायसँग समन्वय गर्दै कार्यक्रम कार्यान्वयनमा सशक्त भूमिका खेल्ने कर्मचारीको रूपमा परिचित छन् । तालीम व्यवस्थित रूपमा संचालन गर्न उनले सक्रिय पहल गरेका थिए ।
वडा सदस्य शान्ता राईले कार्यक्रममा सहभागी महिलाहरूलाई शुभकामना दिँदै तालीमलाई सफल र प्रभावकारी बनाउन सहयोग गर्ने प्रतिबद्धता जनाइन् । सामाजिक कार्यमा सक्रिय र समुदायमै केन्द्रित रहेर महिलाको सशक्तिकरणमा क्रियाशील सदस्य राईको उपस्थिति कार्यक्रमको थप प्रेरणादायी पक्ष बन्यो ।
कार्यक्रम २०८२ साल बैशाख २३ गते वडा कार्यालय परिसरमा सम्पन्न भएको हो । आयोजकका अनुसार तालीमले स्थानीय महिलाहरूलाई रोजगारीमूलक सीपमा दक्ष बनाउँदै स्वरोजगारतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका–३ मा क्रिस्टलको माला बनाउने तालीम सुरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्