Techie IT
सोमबार, साउन १८,२०८३

पाकिस्तानमा भारतको मिसाइल हमला युद्धको कडा जवाफ दिन्छौँ : पाकिस्तानी प्रधानमन्त्री


काठमाडौं, २४ वैशाख । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको आक्रमणको जवाफ दिने बताएका छन् ।

भारतीय रक्षा मन्त्रालयका अनुसार ‘सिन्दूर’ नामक यो आक्रमणले पाकिस्तान र पाकिस्तानले कब्जा गरेको जम्मू र कश्मीरमा ‘आतंकवादी पूर्वाधार’का नौ ठाउँहरूलाई निशाना बनाएको थियो । भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैरउत्तेजक’ भएको दाबी गरेको छ ।

पाकिस्तानका प्रधानमन्त्री शरिफले एक वक्तव्यमा भनेका छन्, ‘भारतले थोपरेको यो युद्ध कार्यको जवाफमा पाकिस्तानलाई कडा प्रतिक्रिया दिने पूर्ण अधिकार छ र कडा जवाफ दिइँदैछ ।’

भारतीय अनलाइन द भाष्करका अनुसार भारतले आतंकवादीहरुलाई लक्षित गरी मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा एयरस्ट्राइक गर्दा ३० जनाको मृत्यु भएको जनाएको छ ।


क्याटेगोरी : समाचार
ट्याग : ## breakingn, #breaking, #पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफ र नरेज्द्र मोदी


तपाईको कमेन्ट लेख्नुहोस्