एमाले धनुषाको अधिवेशन तनावग्रस्त, बाक्लो संख्यामा प्रहरी परिचालन
जनकपुरधाम । नेकपा एमाले धनुषाको ८ औँ अधिवेशनमा दुई समूहबीच कुटाकुट भएपछि अधिवेशनस्थल जनकपुरधामको महेन्द्र नारायण निधि मिथिला संस्कृति भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएको छ ।
विधान विपरीत उम्मेदवारी परेको विषयमा विवाद भएपछि दुई समूहबीच कुटाकुट भएको हो । कुटाकुटको क्रममा कुर्सी हानाहान समेत भयो । त्यसपछि दुवै समूह प्रदर्शनमा उत्रेपछि अवस्था तनावग्रस्त बनेको छ ।
तनावपछि अहिले निधि भवनमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन भएका छन् । निधि भवन परिसर र सभा हलमा करिब सयौँको संख्यामा प्रहरी परिचालन भएको देखिन्छ ।
मधेशका सभामुख रामचन्द्र मण्डल, केन्द्रीय सदस्य उमाशंकर अरगरिया र सञ्जीव झा ‘सुरज’ समूहले विधान विपरीत परेको उम्मेदवारी खारेज गर्नुपर्ने भन्दै निर्वाचन समितिमा उजुरी दिएको थियो । तर एमाले सचिव रघुवीर समूहले खारेज गर्न नहुने अडान लिएका छन् ।
अहिले निधी भवनको सभा हलमा मण्डल, अरगरिया र झा समूहका अधिवेशन प्रतिनिधिहरू धर्ना बसेका छन् । धाँधलीरहित निष्पक्ष र शान्तिपूर्ण ढङ्गले निर्वाचन हुनुपर्ने अध्यक्षका उम्मेदवार लक्ष्मीनारायण यादवले बताए ।
निधि भवन बाहिर भने रघुवीर समूहका अधिवेशन प्रतिनिधिहरू प्रदर्शन गरिरहेका छन् । एक नेताका अनुसार अहिले दुवै पक्षका नेताहरू आपसमा बसेर विवाद समाधान गर्ने वातावरण बनेको छ । सम्भवतः आज मतदान स्थगित हुनेछ ।
बिहान ८ बजेदेखि १० बजेसम्मका लागि मतदानको समय निर्वाचन समितिले तोकेको थियो । तयारी नपुगेको भन्दै बिहान १० बजेबाट मतदान सुरु हुने भनियो । तर उम्मेदवारमा विवाद भएर कुटाकुट भएपछि अब मतदान प्रक्रिया अनिश्चित बनेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एमाले धनुषाको अधिवेशन तनावग्रस्त, #बाक्लो संख्यामा प्रहरी परिचालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्