नुवाकोटको समृद्धिका लागि नेकपा (एमाले)ले अर्थ र पूर्वाधार मन्त्रीलाई बुझायो मागपत्र (पूर्ण पाठ)
नेकपा (एमाले) नुवाकोटले जिल्लाको समग्र विकास र समृद्धिका लागि आवश्यक योजना समेटिएको मागपत्र नेपाल सरकारका उप–प्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई बुझाएको छ।
एमाले नुवाकोट जिल्ला इन्चार्ज केशवराज पाण्डेको उपस्थितिमा जिल्ला कमिटी अध्यक्ष बद्री मैनालीले मन्त्रीद्वय समक्ष उक्त मागपत्र पेश गरेका हुन्। मागपत्रमा नुवाकोटबाट पहिचान गरिएका महत्वपूर्ण पूर्वाधार तथा विकास योजना समावेश गरिएको छ।
योजनाको संख्या भन्दा पनि त्यसको प्रभाव र प्राथमिकतालाई ध्यान दिइएको अध्यक्ष मैनालीले बताए। उनका अनुसार जिल्लाका निर्वाचित सांसदहरू विकासका मुद्दामा मौन रहेका बेला पार्टी नेतृत्वले अघि सारेको यो प्रयास नुवाकोटका लागि सकारात्मक अभ्यास हो।
यसअघि मैनालीले बागमती प्रदेश सरकारलाई समेत योजनाहरू पेश गरिसकेको स्मरणीय छ। मागपत्र बुझाउने कार्यक्रममा स्थानीय नेताहरूको उपस्थिति रहेको थियो।


क्याटेगोरी : समाचार
ट्याग : #नुवाकोटको समृद्धिका लागि नेकपा (एमाले)ले अर्थ र पूर्वाधार मन्त्रीलाई बुझायो मागपत्र
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्