छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ, पिछा गर्दै आफन्तको घरसम्मै पुगे !
चितवन । चितवनको नारायणी नमूना माध्यमिक विद्यालयका सहायक प्रधानाध्याकले आफ्नै विद्यार्थीलाई यौनजन्य हैरानी दिएको दिएको खुलेको छ । विद्यालयका सहायक प्रधानाध्यापक त्रिलोचन सापकोटाले सोही विद्यालयकी १५ वर्षीया छात्रामाथि फेसबुक म्यासेन्जरमा अश्लील म्यासेज पठाउने तथा पिछा गर्ने गरेको खुलेको हो ।
सापकोटाले छात्रालाई आर्थिक प्रलोभनसँगै आफूसँग होटलमा जान दबाब दिने गरेको लगायत अभियोगमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको थियो । बालिकाको पारिवारिक चिनजानसमेत भएका सहायक प्रधानाध्यापक सापकोटाले बालिकाको बुबा चितवन नभएको मौका छोपी पिछा गरेर आफूसँग होटलमा बस्न भनेको जाहेरीमा उल्लेख छ ।
बालिकाका अनुसार गत बिहीबार ब्रिजकोर्स पढेर आफन्तको घर बस्न गएको बेला सापकोटाले पिछा गर्दै सापकोटा सोही घरसम्म पुगेका थिए । आफन्तको घरमा कोही नहुँदा आफ्नो पिछा गरी शिक्षक आएको थाहा पाएपछि ४५ मिनेटसम्म शौचालयमा लुकेर आफूलाई जोगाएको बालिकाले प्रहरीसँग बताएकी छिन् ।
अति हैरानी दिएपछि बालिकाले परिवारलाई सुनाएकी थिइन् । त्यसपछि उनको परिवारले जिल्ला प्रहरी कार्यालय चितवनमा साइबर अपराधमा जाहेरी दर्ता गरेका हुन् ।
बलिकाले दिएको जाहेरीको आधारमा आरोपी सहायक प्रधानाध्यापक सापकोटालाई गत बिहीबार हिरासतमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डिएसपी राजन खनालले जाहेरीपछि शुक्रबार म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।
सहायक प्रधानाध्यापक सापकोटा चितवनको उत्कृष्ट विद्यालयमा पर्ने नारायणी नमुना माध्यामिक विद्यालय भरतपुरको आजबाट सुरु भएको कक्षा १२ का परीक्षाको केन्द्राध्यक्ष समेत रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #छात्रालाई ‘ह्यारेसमेन्ट’ गरेको आरोपमा सहायक प्रअ पक्राउ, #पिछा गर्दै आफन्तको घरसम्मै पुगे !
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्