प्रश्नपत्र आउट प्रकरण– मोडल प्रश्न काठमाडौं वर्ल्डका विद्यार्थीको मोबाइलमा गएको अनुसन्धानको निष्कर्ष
काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कूलको विद्यार्थीको मोबाइलमा गएको प्रश्नपत्र मोडल प्रश्न भएको अनुसन्धान टोलीले निष्कर्ष निकालेको छ । प्रहरी र राष्ट्रिय परीक्षा बोर्डको आइटीको अनुसन्धान टोलीले गरेकाे छानविनकाे क्रममा परीर्थीको मोवाइलमा आएको प्रश्नपत्र मोडल भएको निष्कर्ष निकालेको हो ।
काठमाडौं वर्ल्ड स्कूलले कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोप लागेपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं वर्ल्ड स्कुलको परीक्षा केन्द्र चानक्य कलेजमा पुगेर छानविन सुरु गरेको थियो । परीक्षा सुरु हुनु अघि नै विद्यार्थीको हातमा प्रश्नपत्र पुगेको सूचना पाएपछि सीडीओ गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो ।
प्रहरी र एनइबीको आइटीको अनुसन्धान टोलीले छानविन गरेको थियो । सोही अनुसन्धान टोलीले घटनाको छानविनपछि विद्यार्थीको मोवाइलमा आएको प्रश्न मोडल भएको पाइएको सीडिओ अर्यालले बताए ।
उनले भने,‘ अनुसन्धान टोलीले विद्यार्थीको मोवाइलमा आएको प्रश्न र अहिलेको प्रश्न भिडाएर हेर्नुभएको थियो । दुईवटै प्रश्न हेर्दा नमिलेको देखियो । र बाहिरिएको प्रश्नपत्र भनिएको मोडल प्रश्न रहेको पाइएको छ ।’मोडल प्रश्नपत्र पनि परीक्षा अघि किन विद्यार्थीलाई पठाइयो भन्ने अर्को अनुसन्धानको पाटो हुने उनले बताए । त्यो विषयबारे पनि सोधपुछ भइरहेको उनले बताए ।
प्रहरीले विस्तुत रिपोर्ट बुझाएपछि मात्रै खुल्ने उनको भनाइ छ । उनका अनुसार अनुसन्धान टोलीले विद्यार्थीको मोवाइल जफत गरेर अनुसन्धान गरेको थियो ।
शिक्षा पत्रकार मकर श्रेष्ठले आइतवार विहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कूलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #प्रश्नपत्र आउट प्रकरण– मोडल प्रश्न काठमाडौं वर्ल्डका विद्यार्थीको मोबाइलमा गएको अनुसन्धानको निष्कर्ष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्