टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा
काठमाडौं, २१ बैशाख । विष्णुमति नदीको संरक्षण तथा सरसफाईको निरन्तर प्रयासस्वरूप शुक्रबार बिहान ६ः३० बजे ३९ औं हप्ताको विष्णुमति करिडोर सरसफाई अभियान सुरु गरिएको छ । टोखा नगरपालिका–९ स्थित मितेरी पुल क्षेत्रबाट सुरु गरिएको अभियानमा स्थानीयवासी, समाजसेवी, विभिन्न संघसंस्था, युवा समूह तथा सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
नदी प्रदूषण न्यूनीकरण, वातावरण संरक्षण तथा जनचेतना अभिवृद्धिको उद्देश्यले सञ्चालन हुँदै आएको यस अभियान अन्तर्गत नदी किनारमा रहेका प्लास्टिक तथा अन्य फोहोर पदार्थ संकलन, वर्गीकरण तथा व्यवस्थापन गरिएको संयोजकहरूले जनाएका छन् । अभियानमा प्रशासकीय प्रमुख शेरबहादुर बिसी, वडा अध्यक्ष, वडा सदस्यहरु लगायतका जनप्रतिनिधिहरूको उपस्थिति रहँदा स्थानीय समुदायमा वातावरणीय सचेतना अभिवृद्धि गर्न थप प्रेरणा मिलेको सहभागीहरू बताउँछन्।
संयोजकहरूले विष्णुमति नदीलाई पुरानै स्वरूपमा फर्काउने साझा सपना साकार पार्न समुदायको सक्रिय सहभागिता र दीर्घकालीन सरकारी प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिएका छन्। उनीहरूका अनुसार, “हामी प्रत्येक हप्ता निरन्तर अभियान चलाउँदै आएका छौं, जसले दीगो वातावरणीय संरक्षणमा सकारात्मक प्रभाव पारिरहेको छ।”
क्याटेगोरी : समाचार
ट्याग : #टोखा–९ मितेरी पुलबाट सुरु भयो विहानी जागरणसँगै विष्णुमति सफा बनाउने अभियानको ३९ औं यात्रा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्