गगन थापाको आग्रह- निजामती विधेयक अगाडि बढेको छ, आन्दोलन स्थगित गर्नुस्
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्।
राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।
उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ। एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ। सरकार भनेको सबैले मिलेर चलाउने होे। काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो। बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ।’
उनले राजनीतिक दलहरुको पनि बेग्लाबेग्लै धारणा हुनसक्ने भएकाले विधेयक टुंग्याइरहेका बेला आन्दोलन अगाडि नबढाउन आग्रह गरे।
क्याटेगोरी : समाचार
ट्याग : #आन्दोलन स्थगित गर्नुस्, #गगन थापाको आग्रह- निजामती विधेयक अगाडि बढेको छ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्