टोखा नगरपालिकामा विद्यालय खुल्ने, वैशाख १० गतेदेखि विद्यालय पठाउन अभिभावक तथा विद्यार्थीलाई आग्रह
काठमाडौँ, वैशाख ९ । काठमाडौँस्थित टोखा नगरपालिकाले सामुदायिक विद्यालयहरू वैशाख १० गतेदेखि पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको छ। विगत २० दिनदेखि शिक्षक आन्दोलनका कारण पठनपाठन ठप्प भएको गुनासो आएपछि नगर कार्यपालिकाले यस्तो निर्णय लिएको हो।

टोखा नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाले वैशाख ८ गते जारी गरेको सूचनामा शिक्षक आन्दोलनका कारण विद्यालयमा पठनपाठन अवरुद्ध भएको र विद्यार्थी तथा अभिभावकहरूबाट लगातार गुनासो आएको जनाइएको छ।
टोखा नगर शिक्षा ऐन २०७५ को दफा ४८ र शिक्षा नियमावली २०७९ को नियम ४० अनुसार शैक्षिक सत्र वैशाख १ गतेबाट सुरु भइसकेको हुँदा तुरुन्तै पठनपाठन सुरु गर्नुपर्ने भनिएको छ। सूचनामा नेपालको संविधानको धारा ३१ अनुसार शिक्षा पाउने हक मौलिक हक भएको स्मरण गराउँदै विद्यालय बन्द रहन नहुने उल्लेख गरिएको छ।
टोखा नगरपालिकाका शिक्षा निर्देशक बाबुराम गौतमले हस्ताक्षर गरेको सूचनामा नगर क्षेत्रभित्रका सबै विद्यालयहरूमा वैशाख १० गतेदेखि अनिवार्य रूपमा पठनपाठन सञ्चालन गर्न भनिएको छ। साथै, शिक्षक तथा कर्मचारीहरूले ऐनको दफा १०४ मा उल्लिखित आचारसंहिता पूर्ण रूपमा पालना गर्नुपर्ने निर्देशन दिइएको छ।
नगरपालिकाले अभिभावक तथा विद्यार्थीहरूलाई विद्यालयमा उपस्थित हुन र शैक्षिक गतिविधिमा सक्रिय सहभागिता जनाउन आग्रह गर्दै नियमित पढाइ सुनिश्चित गर्न विद्यालय प्रशासनलाई पनि सचेत गराएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा नगरपालिकामा विद्यालय खुल्ने, #वैशाख १० गतेदेखि विद्यालय पठाउन अभिभावक तथा विद्यार्थीलाई आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्