माधवबारे ओली- किर्नाजस्तो टुम्म भएपछि एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई लक्षित गर्दै कम्युनिष्ट आन्दोलनलाई अगाडि बढ्न नदिने पार्टी सधैं झमेला गरेर पार्टी फुटाएर हिँडेको आरोप लगाए ।
उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे ।’
उनले एमाले फुटाएर शहीद र योद्धाहरुको पसिनालाई कुल्चिएको आरोप लगाए । १५ वर्ष पार्टीको नेतृत्वमा बसेर त्यही पार्टीको अस्तित्व नै राख्दिनँ भनेर अपराधिक क्रियाकलापमा लागेको आरोप लगाए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #माधवबारे ओली- किर्नाजस्तो टुम्म भएपछि एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्