युथ सेलिब्रेसनका लागि अनेरास्ववियुको विशेष तयारी
काठमाडौं, ८ वैशाख । नेकपा (एमाले)ले लोकतन्त्र दिवसको दिन वैशाख ११ गते भृकुटीमण्डपमा आयोजना गर्न लागेको युथ सेलिब्रेसनको लागि अनेरास्ववियुले विशेष तयारी गरेको छ ।
जनताले जितेको दिनको रूपमा पार्टीले आयोजना गर्न लागेको सेलिब्रेसनलाई विशेष बनाउन संगठनको तर्फबाट विशेष योजना बनाइएको अनेरास्ववियुका अध्यक्ष समिक बडालले जानकारी दिए ।
‘जनताले जितेको दिन कलेज पढ्ने आम विद्यार्थीलाई सेलिब्रेसनमा सहभागी बनाउने हामीले योजना बनाएका छौँ, यसैगरी अनेरास्ववियुबाट स्ववियु निर्वाचन जितेका विद्यार्थीहरू, पालिका कमिटी र जिल्ला कमिटीका नेताहरूलाई पनि काठमाडौं उतार्ने हामीले योजना बनाएका छौँ, उपत्यकामा वडा केन्द्रित भएर भूगोलमा, शैक्षिक संस्था केन्द्रित भएर क्याम्पसका विद्यार्थीलाई सहभागी गराउने गरी काम गरिरहेका छौँ’, उनले भने ।
अहिलेको पुस्ताले लोकतन्त्र कसरी आयो र यसको महत्त्व के छ भन्ने कुरा बुझोस् भन्नको लागि कार्यक्रम आयोजना गर्न लागिएकोले उनले जानकारी दिए । यो कार्यक्रम विद्यार्थीको लागि सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम भएको बडालको धारणा छ । ‘जनताको बलले सामन्ती संस्था ढलेर जनताका प्रतिनिधि स्थापित भएको दिन, यो जनताले जितेको दिन हो भन्ने नयाँ पुस्ताले अनुभूति गर्न पाउन भनेर कार्यक्रम आयोजना गरिएको छ’, उनले भने ।
आजको पुस्ताले परिवर्तनको आभास गर्न पाउनु पर्ने बताउँदै उनले यो कुरा पाठ्यक्रममा समेत समावेश गर्नुपर्ने बताए । ‘अहिले पुस्ताले पनि गणतन्त्रको अनुभूति गर्न पाउनु पर्छ, अहिले केही निराशामा टेकेर त्यही पुरानै जनतालाई रैती बनाउने व्यवस्था ठिक थियो भन्ने भ्रम फिँजाउन खोजिएको छ, त्यसलाई चिर्नु पर्छ, त्यो व्यवस्थाले दाश बनाएको कुरा नयाँ पुस्ताले थाहा पाउनु पर्छ, त्यो सन्देश प्रवाह हुनुपर्छ भनेर यो कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
सेलिब्रेसन कार्यक्रमले नयाँ पुस्तालाई सो कुराका ज्ञान दिने उनले बताए । सोही अनुसारका कार्यक्रम तयार भइरहेको पनि बडालले जानकारी दिए । गणतन्त्र प्राप्तिसँग जोडिएका कन्सर्ट, झाँकी र डेमोस्ट्रेसनहरु कार्यक्रममा समावेश गरिने बडालले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #युथ सेलिब्रेसनका लागि अनेरास्ववियुको विशेष तयारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्