पत्रकारलाई ‘पत्रुकार’ भनेपछि मेयर लामाको यस्तो स्पष्टीकरण
हेटौँडा । आफूले उद्घाटन गरेको सैलुनलाई एसी र इन्भर्टर दिने विषयमा तोकआदेश दिएपछि विवादमा आएकी हेटौँडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले एउटा टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा पत्रकारलाई पत्रुकार भनेपछि थप विवादमा आइन् ।
एक टिभी कार्यक्रम प्रस्तोताले एसीको तोकादेशको विषयमा प्रश्न गरेपछि झनक्क रिसाउँदै उनले ‘देश बिगार्ने यस्तै पत्रुकारले हो’ भन्दै फोन राखेकी थिइन् ।
एसी दिने तोकको सामाजिक सञ्जालमा विरोध भइरहदा मेयर लामाको पत्रकारप्रतिको टिप्पणीले सामाजिक सञ्जालमा थप चर्चा पाएको थियो ।
यसैबीच पत्रकारलाई प्रयोग गरिएको भाषाको विषयमा मेयर लामाले सामाजिक सञ्जालबाटै स्पष्टीकरण दिएकी छिन् ।
उनले आफ्नो फेसबुक मार्फत ‘नगरप्रमुख हुनुको नाताले सञ्चार क्षेत्र प्रति मेरो सदैव उच्च सम्मान भाव रहेको कुरा यसै विज्ञप्ति मार्फत जानकारी गराउँछु’ भनेकी छिन् ।
आफ्नो अभिव्यक्ति प्रेस जगतलाई चोट पुर्याउने मनसाय नभई परिस्थितिजन्य घटनाका रूपमा लिन अनुरोध गर्दै लामाले आगामी दिनमा प्रेस र उपमहानगरपालिकाको सम्बन्ध विगतमा झैँ प्रगाढ रहन्छ भन्ने विश्वास व्यक्त गरेकी छिन्
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पत्रकारलाई ‘पत्रुकार’ भनेपछि मेयर लामाको यस्तो स्पष्टीकरण
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्