घाइते अवस्थामा थानकोट प्रहरी कार्यालयमा पुगे पुरूष
काठमाडौं, ५ बैशाख । चन्द्रागिरिमा एक जना पुरुष घाइते अवस्थामा फेला परेका छन् । उनको घाँटीमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
उनी हेटौँडाका नवराज दाहाल भएको खुल्न आएको छ । उनी घाइते अवस्थामा आफैँ प्रहरीको सम्पर्कमा पुगेका थिए । उनले प्रहरीलाई वैशाख १ मा चन्द्रागिरि नगरपालिकामा पर्ने डाँडामा आफूलाई एउटा समूहले आक्रमण गरेर आफूसँग भएको ३० लाख रकम लुटेर फरार भएको बताएका छन् ।
उनको घाँटीमा धारिलो हतियारले रोपेको पाइएको प्रहरीले जानकारी दिएको छ । उनलाई उपचारको लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।
प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #घाइते अवस्थामा थानकोट प्रहरी कार्यालयमा पुगे पुरूष
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्