गृहमन्त्रीको चेतावनी- पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन
काठमाडौं । गृहमन्त्री रमेश लेखकले अहिलेको व्यवस्था र संविधानको रक्षा सरकारको महत्वपूर्ण जिम्मेवारी भएको बताएका छन्। गण्डकीस्तरीय सुरक्षा गोष्ठीलाई संम्बोधन गर्दै संविधान विरोधी गतिविधि स्वीकार्य हुने बताए।
उनले भने, ‘संविधान विरोधी गतिविधिहरुलाई निस्तेज गर्ने, नियन्त्रण गर्ने कुरामा हामी स्पष्ट र दृढ हुनुपर्छ। मुलुकमा संविधान विरोधी गतिविधि गर्ने, अस्थिरता उत्पन्न गर्ने र अहिलेको संविधानले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको प्रत्याभूत गरेको छ।’
पूर्वराजाका नाममा वा अरु कुनै नाममा मुलुकमा संविधानलाई समाप्त पर्ने गतिविधि कुनै पनि हालतमा क्षम्य नहुने बताए। उनले यो संविधान धेरै ठूलो बलिदान र त्यागबाट बनेको स्मरण गरे।
उनले यो संविधान संसारको उन्नत लोकतान्त्रिक अभ्यास गरिरहेको कुनै मुलुकको संविधान भन्दा कमजोर नरहेको जिकिर गरे।
उनले भने, ‘समसायिक संशोधनहरु हुनसक्छन्, समाज जसरी विकासको बाटोमा अघि बढ्छ। संविधान पनि त्यसै अनुरुप संशोधन हुन्छन्। अग्रगामी ढंगले, पछाडि फर्किनको लागि हुन सक्दैन। त्यसैले हामीले हामी संविधानलाई आवश्यक संशोधन गर्छौँ।’
उनले अहिलेसम्मको संविधानको कार्यान्वयनको सबल र दुर्वल पक्षको मुल्यांकन गरेर राष्ट्रिय सहमतिको आधारमा संशोधन गर्ने बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गृहमन्त्रीको चेतावनी- पूर्वराजाका नाममा संविधानलाई समाप्त पार्ने गतिविधि कुनै पनि हालतमा क्षम्य हुँदैन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्