लागूऔषध ब्राउन सुगरसहित सुनसरीबाट ११ जना पक्राउ
विराटनगर । लागूऔषध ब्राउन सुगार सहित सुनसरीबाट ११ जना पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीको संयुक्त टोलीले ११ जनालाई पक्राउ गरेको हो।
संयुक्त प्रहरी टोलीले सुनसरीको कोशी गाउँपालिका वडा नं. १ पुरीटोल र भोक्राहा नर्सिङ गाउँपालिका वडा नं. ६ ढलान रोडमा चेकजाँच गर्ने क्रममा उनीहरूको साथबाट ३५.२० ग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूमध्ये सबैभन्दा बढी धरान उप महानगरपालिका वडा नं. १० का २७ वर्षीय निरन श्रेष्ठको साथबाट १२.७० ग्राम ब्राउन सुगर बरामद भएको छ।
त्यस्तै, सुन्दर हरैचा गाउँपालिकाका अजित श्रेष्ठबाट ४.२४० ग्राम, प्रेम कुमार राईबाट ३.६२० ग्राम, मिलन तामाङबाट ३.२४० ग्राम ब्राउन सुगर बरामद गरिएको छ।
उनीहरू बाहेक पर्वत यादव, करण चौधरी, रोमन चापागाईँ र अनिल खवास समेत पक्राउ परेका छन् । प्रहरीले पक्राउ परेका दुई जना सरोज विश्वकर्मा र दीपेश तामाङको साथबाट भने कुनै लागू पदार्थ फेला नपारेको जनाएको छ।
सबै पक्राउ परेकाहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको छ। प्रहरीका अनुसार उनीहरूमाथि लागू औषध नियन्त्रण ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइने छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #लागूऔषध ब्राउन सुगरसहित सुनसरीबाट ११ जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्