आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै
काठमाडौं, ५ चैत । प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् ।
नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज भरतपुर जान लागेका हुन् । उनका साथमा उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ ।
भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १–१ सर्भिस लेन तयार निर्माण सम्पन्न भएपछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनका लागि चितवन जान लागेका हुन् ।
तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल भने अनुपस्थित भएकी थिइन् ।
एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको यो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ ।
५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । यसको उद्घाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #आफैले शिलान्यास गरेको सडक उद्घाटन गर्न प्रधानमन्त्री ओली चितवन जाँदै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्