रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले दिइन् राजीनामा
काठमाडौं, ४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सहमहामन्त्री सुमना श्रेष्ठले आफ्नो पदबाट राजीनामा दिएकी छिन् ।
पार्टी सभापति रवि लामिछाने पछिल्लो पटक चैत दोस्रो साता पार्टीमा फर्किएकै बेला उनले राजीनामा बुझाएको लामिछाने निकट स्रोतले जनाएको छ ।
यद्यपि, श्रेष्ठले अहिलेसम्म राजीनामा बारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएकी छैनन् । उनले केन्द्रीय समितिको बैठकमा नै आफ्नो कुरा राख्ने बताइएको छ ।
रास्वपाले आजका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । बैठक दिउँसो ३ बजे पार्टी कार्यालय बनस्थलीमा बस्नेछ ।
सभापति लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएपछि रास्वपाभित्र तीव्र विवाद चुलिएको छ । लामिछाने सहकारीको बचत अपचलनको मुद्दामा हाल भैरहवा कारागारमा छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले दिइन् राजीनामा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्