१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह
दमक, वैशाख ४ गते । झापामा एकैसाथ बुधवार १९ जोडीको दाइजो र तडकभडकमुक्त रूपमा सामूहिक विवाह भएको छ । पूर्वको पशुपतिनाथले परिचित रहेको अर्जुनधारा जलेश्वर धाममा पञ्चेबाजा घन्काउँदै कोशी प्रदेशका १९ जोडीको दाइजोमुक्त सामूहिक विवाह भएको हो ।
आफ्नो वैवाहिक रजत वर्षगाँठका अवसरमा अर्जुनधारा धाम विकास समितिका अध्यक्ष नवीन गट्टानीले आफ्नो लगानीमा १९ जोडीको विवाह गराइदिनु भएको हो । धामले प्रदेशका १४ वटै जिल्लाका १३७ वटा पालिकामा सामूहिक विवाह गर्न इच्छुक विपन्न परिवारका जोडीको सिफारिस गर्न अनुरोध गरे बमोजिम पालिकाहरूले विवाहको सिफारिस गरिदिएका थिए ।
विश्व हिन्दु परिषद् नेपालसँगको सहकार्यमा भएको सामूहिक विवाहमा चाहिने सबै सामाग्री धाममा नै व्यवस्थापन भएको थियो । सामूहिक विवाहमा बर बधूलाई आवश्यक पर्ने सिँगारका सामाग्री, कपडा, बेहुलीलाई बेहुलाका तर्फबाट लगाइने पोतेसहितको सुनको तिलहरि, गाग्री खड्कुँलासहित भाँडा वर्तन केही पनि विवाह जोडी तथा परिवारलाई नल्याउन भनिएको थियो ।
सबै व्यवस्थापन गट्टानी परिवारले गरेको हो । शुद्ध शाकाहारी खानाको व्यवस्था गरिएको थियो । प्रत्येक विवाहमा आउने बेहुला र बेहुलीको परिवारको तर्फबाट बढीमा १० जनासम्म ल्याउने नियम बनाइएकोमा सोही अनुसार भएकाले भव्य रूपमा विवाह सम्पन्न भएको गट्टानीले जनाउनु भएको छ ।
परम्परागत विवाहमा लाग्ने खर्च घटाउँदै सामाजिक सद्भाव र समावेशितालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको जनाइएको छ । प्रत्येक जोडीका लागि १९ वटै बेग्लाबेग्लै विवाह मण्डप, पुरोहित र सबै सामाग्रीको व्यवस्थापन भएको थियो । अन्तरजातीय जोडीहरू समेत सामूहिक विवाहमा सरिक रहेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #१९ जोडीको दाइजोमुक्त सामूहिक विवाह, #breaking
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्