काठमाडौँ महानगरपालिकाद्धारा ७३ हजार जनालाई राहत उपलब्ध
काठमाडौँ महानगरपालिकाले ७३ हजार ८६० जनालाई लकडाउनको समयमा राहत उपलब्ध गराएको छ । विभिन्न दाताले उपलब्ध गराएको राहत भने २५ हजार २९६ लाई वितरण गरिएको छ ।
कामपाको ३२ वटै वडामा ४८ हजार ५६४ जनालाई राहत दिइएको हो । महानगरले राहत दिनुपर्ने गरी ८५ हजार २५४ को नामावली सङ्कलन गरेको थियो । महानगरका प्रशासन विभाग प्रमुख नमराज ढकालका अनुसार लकडाउनका कारण खानपानको समस्यामा परेका कूल ४९ हजार ३१४ जनालाई खाना खुवाइएको छ ।
महानगरले कुनै समस्या परे वा खान बस्नको समस्या भए आफूहरुलाई सम्पर्क गर्नसमेत आग्रह गरेको छ । महानगरले नगर क्षेत्रमा एक हजार १९ जनाको द्रूत परीक्षण (आरडीटी) परीक्षण गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #काठमाडौँं महानगरपालिका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो






तपाईको कमेन्ट लेख्नुहोस्