टोखामा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर
काठमाडौं – काठमाडौंको टोखास्थित झोरमा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर भएको छ।
पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकका फुच्चे भनिने कुसाङ लामा र भेटिएको २५ करोडका मालिक भनिएका सिन्धुपाल्चोककै भोटेकोशी गाउँपालिका-४ स्थायी घर भइ टोखा नगरपालिका-१० बस्ने नारायण पौडेलविरुद्ध मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ।
विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३.४.५ र ९ को कसुरमा बरामदित विदेशी मुद्राहरुको मिति २०८१/१२/०४ गतेको नेपाल राष्ट्र बैंकले निर्धारण गरेको विदेशी विनिमय दरअनुसार हुन आउने नेपाली रुपैयाँ पच्चीस करोड चौतीस लाख अठहत्तर हजार आठ सय बयालीस रुपैयाँ बिगो कायम गरी ऐनको दफा १७ को उपदफा (१) बमोजिम जरिबाना गरी सोही ऐनको दफा १७ को उपदफा (९) बमोजिम थप सजाय हुनुपर्ने मागदाबी लिइएको कृष्णकुमारी श्रेष्ठले जानकारी दिएकी छिन्।
प्रतिवादी कुसाङ लामालाई सुन चोरी पैठारी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २०७४/०३/२६ गते सजाय हुने ठहर भइ निजले सजाय भुक्तान गरेको पाँच वर्षभित्र प्रस्तुत कसुर गरेको देखिँदा निजलाई मुलुकी अपराध संहिता २०७४ को दफा ४४ (२) वमोजिम थप सजाय हुन, विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १७ को उपदफा (१) बमोजिम बरामदित उक्त विदेशी मुद्राहरु जफत गरी पाउन, उक्त वारदातमा प्रयोग भएको ना ७ ख १६५२ नम्बरको कन्टेनर (ट्रक) कसूरजन्य सम्पत्ति तथा साधन (रोका, नियन्त्रण र जफत ऐन, २०७४ को दफा ११ बमोजिम जफतको मागदाबी पनि लिइएको जनाइएको छ।
‘राजस्व अनुसन्धान विभागबाट युरो १३ लाख ७५ हजार एक सय ५० र अमेरिकी डलर १०० र ५० दरको जम्मा तीन लाख बीस हजार आठ सय पचास, विदेशी मुद्रा अपचलनसम्बन्धी कसूरमा अनुसन्धान कार्य सम्पन्न भइ २०८२/०१/०२ गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ’ राजस्व अनुसन्धान विभागले जनाएको छ।
साथै प्रतिवादीमध्येका फरार नारायण पौडेलको हकमा अदालतबाटै कानूनबमोजिमको म्याद जारी गरिपाउनसमेतको मागदाबी लिइएको जनाइएको छ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखामा ट्रकमा भेटिएको २५ करोड रुपैयाँबराबरको डलर र युरो प्रकरणमा दुई जनाविरुद्ध मुद्दा दायर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्