डा. जगमान गुरुङ भन्छन्- म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन
काठमाडौं । राजसंस्था पुन:स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका कार्यवाहक अध्यक्ष डा. जगमान गुरुङले आफू कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे नभएको बताएका छन् । आफूलाई पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजा उचाल्न पठाएको भन्ने अभिव्यक्ति देखेको भन्दै उनले सो टिप्पणी गरेका हुन् ।
फेसबुकमा स्टाटस लेख्दै गुरुङले आफ्नो नाम र फोटो राखेर वैशाख २२ गते श्री ५ ज्ञानेन्द्रको राज्याभिषेक गर्न सूचना पनि गलत भएको बताए ।
उनी लेख्छन्, ‘उत्ताउलो कुकुर सम्साँझै भुक्छ भनेजस्तै म त्यस्तो उत्ताउलो काम कुरा गर्ने मान्छे होइन । त्यसकारण मैले त्यस प्रकारको आह्वान गरेको पनि छैन । परिआएको खण्डमा म स्वयंले श्रव्यदृश्य माध्यमबाट आह्वान गर्नेछु ।’
आफूहरूमा उत्ताउलो र उत्तेजितपन हुनु नहुने गुरुङले बताएका छन् ।
‘धीर उदात्तभाव र सत्कर्ममा नै हाम्रो भविष्य र सफलता निहीत छ । त्यसकारण मेरो नामबाट यस्ता अनर्गल र सस्तो लोकप्रियताका लागि प्रचार प्रसार नगर्न सबैलाई अनुरोध गर्दछु । त्यस्तो अनर्गल प्रचार प्रसारको पछि नलाग्न पनि सबैलाई सचेत गराउँद छु ।’
गुरुङले एक व्यक्तिले आफूलाई पूर्वराष्ट्रप्रति भण्डारीसँग जोडेर टिप्पणी गरेको फेसबुकमा देखेपछि यो प्रष्टीकरण लेखेको बताए । भण्डारीसित आफ्नो कुनै पनि व्यक्तिगत सम्वन्ध नरहेको उनको भनाइ छ ।
‘एकपटक राष्ट्रपति हुँदा उहाँले ज्ञानमणि नेपाल, महेशराज पन्त, भेषनारायण दाहाल र मलाई धर्म-संस्कृतिको विषयमा मन्थन गर्न बोलाउनुभएको थियो । म त्यसमा गएको थिएँ । त्योभन्दा बाहेक उहाँसित मेरो कुनै पनि सम्वन्ध र सम्पर्क भएको छैन,’ गुरुङले भने, ‘अहिले एमालेकै व्यक्तिहरूले नचाहिँदो दुष्प्रचार गरिराखेका रहेछन् ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डा. जगमान गुरुङ भन्छन्- म कसैले उचालेर उचालिने र पछारेर पछारिने मान्छे होइन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्