टोखा ६ मा वेवारिसे गाडी : हटाउन नगरपालिकाको आग्रह
टोखा, काठमाडौ । टोखा नगरपालिका वडा नं ६ वडा कार्यालय मार्ग नजिक केही महिनादेखि एक वेवारिसे अवस्थामा पार्क गरिएको गाडी फेला परेको छ ।

बागमती प्रदेशको B AE १९५७ नम्बरको उक्त सवारीसाधन अनाधिकृत रूपमा बाटोमा लामो समयदेखि पार्किङ गरिएको पाइएपछि नगरपालिकाले सम्बन्धित व्यक्तिलाई गाडी हटाउन अनुरोध गरेको छ ।

टोखा नगरपालिकाले सूचना जारी गर्दै उक्त सवारीसाधन हटाईदिनुहुन र सम्बन्धित व्यक्तिले नगरपालिकामा सम्पर्क राख्न पनि अनुरोध गरेको छ । लामो समयसम्म सार्वजनिक मार्गमा वेवारिसे रूपमा गाडी पार्किङ गर्दा ट्राफिक अवरोध हुनुका साथै सर्वसाधारणलाई असुविधा भइरहेको छ ।
नगरपालिकाले अनधिकृत पार्किङले असर पुर्याउने भन्दै गाडीको जिम्मेवार व्यक्तिलाई यथासिघ्र सम्पर्क गर्न भनेको छ । सम्पर्क नभएमा प्रक्रिया अघि बढाइने जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #टोखा ६ मा वेवारिसे गाडी : हटाउन नगरपालिकाको आग्रह
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्