पोखरामा आज एमालेको बृहत् जागरणसभा, वरिष्ठ उपाध्यक्ष पोखरेलले सम्बोधन गर्ने
पोखरा, ३० चैत । नेकपा (एमाले)ले आज गण्डकी प्रदेशको राजधानी पोखरामा बृहत् जागरणसभा गर्दैछ । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा चिप्लेढुंगामा जागरणसभा हुन लागेको हो ।
लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षा तथा प्रतिगामी षड्यन्त्रविरुद्ध एमालेले चिप्लेढुंगामा जागरणसभाको आयोजना गरेको हो । जागरणसभालाई एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विशेष सम्बोधन गर्नेछन् ।
जागरणसभाको तयारी पूरा भएको एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए । सभाअघि ३ ठाउँबाट बृहत् र्याली निकालिने उनले बताए ।
उनका अनुसार सभागृहचोक, नदीपुर, रानीपौवाबाट र्याली निकालिने र र्याली चिप्लेढुंगा पुगेर सभामा मिसिनेछ । रानीपौवाबाट सुरू हुने र्यालीमा रूपा गाउँपलिका, मादी गाउँपालिका, पोखरा–१०, १२, १३, १४, १५, २०, २६, २७, २८, २९, ३०, ३१, ३१ को टोली सहभागी हुनेछन् । सभागृहको र्यालीमा पोखरा–५, ६, ७, ८, ९, १७, २१, २२, २३, ३३ र पोखरा–१८ र २४ को तल्लो भाग, नदीपुरमा अन्नपूर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, पोखरा–१, २, ३, ४, १६, १९, २५ र पोखरा–१८ र २४ को तल्लो भागको टोली सहभागी हुनेछ ।
जागरणसभामा कास्कीसहित तनहुँ, पर्वत, स्याङ्जालगायत जिल्लाबाट पनि सहभागिता रहनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #पोखरामा आज एमालेको बृहत् जागरणसभा, #वरिष्ठ उपाध्यक्ष पोखरेलले लगाए भाइटीका
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्