हातहातमा जेष्ठ नागरिक भत्ता
लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि संखुवासभाको खाँदबारी नगरपालिकाले घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । लकडाउनका कारण बैंकबाट भत्ता वितरण गर्न नसकिने भएपछि नगरपालिकाले घरैमा पुगेर जेष्ठ नागरिकलाई हातहातमा भत्ता बाडेको खाँदबारी नगरका लेखा अधिकृत रुद्रमणी श्रेष्ठले बताउनुभयो ।
यसअघि नगरपालिकाले खाँदबारीमा रहेको राष्ट्रिय बाणिज्य बैंकमार्फत ११ वटै वडामा भत्ता वितरण गर्दै आएको थियो । दशैं अगाडि पहिलो चौमासिक भत्ता वितरण गरे पनि नगरपालिकाको त्यसपछि सामाजिक सुरक्षा भत्ता वितरण गर्न सकिरहेको थिएन ।
नगर प्रमुख मुरारीप्रसाद खतिवडाले लामो समयदेखि भत्ता वितरण नगर्दा एकल, अपाङ्ग, बिधवा र जेष्ठ नागरिकहरुलाई समस्या परेकाले यस्तो निर्णय गरिएको बताउनुभयो । सामाजिक सुरक्षा शाखा प्रमुख खेमराज निरौलाका अनुसार नगरभित्रका जेष्ठ नागरिक, दलित, अपाङ्ग, एकल महिला र विधुवा गरी कुल चार हजार ९ सय ६१ जनालाई भत्ता वितरण शुरु गरिएको हो । भत्ता वितरणको लागि दुई करोड ५४ लाख ६० हजार रुपैया खर्च हुने लेखा अधिकृत श्रेष्ठले बताउनुभयो ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्