चीनसँग १२५% बढी भन्सारपछि वार्ता गर्न ट्रम्पको घोषणा
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङसँग कुराकानीका लागि तयार रहेको बताएका छन् । कारण, उनले चीनमाथि १२५ प्रतिशत भन्दा बढीको भन्सार दर (ट्यारिफ) लगाइदिएका छन् । ह्वाइट हाउसमा आयोजित कार्यक्रममा ट्रम्पले चीन तथा अन्य कुनै दोस्रो मुलुकसँग ‘निष्पक्ष सम्झौता’ गरिने बताए ।
ट्रम्पले उच्च भन्सार दरको कार्यान्वयनमाथि ९० दिनको रोक लगाउने घोषणा समेत गरेका छन् । यसको अर्थ अधिकांश मुलुकलाई ‘सार्वभौमिक १० प्रतिशत’ शुल्क लागू हुनेछ ।
ट्यारिफमा छुटको खबरपछि उथल–पुथलको सामना गरेको वित्तीय बजारमा उछाल आएको छ । र, विश्लेषकहरुले अमेरिका अधिकांश देशसँग राम्रो व्यवहार गर्न थालेको बताएका छन् । एन्थनी जुर्चरले ‘अन्य मुलुकसँग राम्रो व्यवहार गरे पनि चीनसँग व्यापार युद्ध थप बढ्ने खतरा रहेको’ धारणा राखेका छन् ।
अमेरिकाको छिमेकी क्यानाडा र मेक्सिकोले अझै पनि ट्यारिफको सामना गर्नु पर्ने छ, जुन अमेरिकाले अघिल्लो महिना लागू गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी चीनफिङ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्