काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
काठमाडौं । काठमाडौं उपत्यकामा एक सातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ ।
आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ ।
अहिले काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात् औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ ।
वायु प्रदूषणमा भारतको दिल्ली पहिलो स्थानमा छ । जहाँ एक्यूआई २९० छ । यस्तै, तेस्रो स्थानमा रहेको पाकिस्तानको लाहोरको १९९ एक्यूआई छ ।
लामो समयदेखि पानी नपर्नु र नेपालका विभिन्न जङ्गलमा लागेको डढेलो र धुवाँका कारण काठमाडौंको आकाशमा धुलो थुप्रिएकाले वायु प्रदूषण उच्च भएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार मानव स्वास्थ्यका लागि वायुको गुणस्तर सूचकाङ्क ० देखि ५० सम्म स्वास्थ्यको लागि राम्रो मानिन्छ ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकाको वायु खतरनाक अवस्थामा रहेकाले यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ । साथै अनावश्यक रूपमा घरबाट बाहिर ननिस्कन र निस्कनै पर्ने भए मास्कको प्रयोग गर्न अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #काठमाडौंको वायु प्रदूषण अझै उच्च, #स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्