टोखा नगरपालिका र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झौता पत्रमा हस्ताक्षर
टोखा, १७ चैत २०८१ – टोखा नगरपालिका र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका बीच एक महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरिएको छ। यस सम्झौतामा नगरपालिका प्रमुख श्री प्रकाश अधिकारी र शहिद गंगालाल केन्द्रका कार्यकारी निर्देशक डा. रवि मल्ल बीच समझदारीका साथ सम्पन्न भएको हो।
सम्झौताअनुसार, टोखा नगरपालिका द्रारा नगरका असहाय र विपन्न वर्गका बासिन्दाहरुलाई मुटु सम्बन्धि जटिल रोगका लागि उपचारमा सहुलियत प्रदान गर्न २५,००० देखि ५०,००० सम्मको आर्थिक सहयोग उपलब्ध गरिनेछ। यसका लागि नगरपालिका ले १० लाख रुपैयाँको बजेट शहिद गंगालाल हृदय केन्द्रलाई उपलब्ध गराएको प्रवक्ता बच्चु बस्यालले बताउनुभयो ।
कार्यक्रमको उद्देश्य भनेको नगरवासीलाई उच्च गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै, विशेष गरी मुटुका रोगीहरूको उपचार सुनिश्चित गर्नु हो। यो पाइलट प्रोजेक्टको रूपमा लागू गरिने भएकोले, नगर प्रमुखले यसलाई प्रभावकारी बनाउँदै, आगामी दिनमा यसको परिष्कृत र विस्तार गर्ने योजनाको कुरा पनि व्यक्त गर्नुभएको छ।
सम्झौतामा नगर प्रमुख, उपप्रमुख श्री मुरारी तमाङ्ग, प्रमुख प्रशासकीय अधिकृत श्री शेर बहादुर वि. सी. लगायत सम्पूर्ण वडाअध्यक्ष र कार्यपालिका सदस्यहरूको उपस्थिति रहेको थियो।
टोखा नगरपालिका, यस महत्त्वपूर्ण स्वास्थ्य साझेदारीसँग जनस्वास्थ्यका क्षेत्रमा एक नयाँ चरणमा प्रवेश गर्ने तयारीमा छ।

क्याटेगोरी : समाचार
ट्याग : #टोखा नगरपालिका र शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झौता
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्