बालाजु गेष्ट हाउस सञ्चालक बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ
काठमाडौं, ६ चैत । प्रहरीले काठमाडौंको बालाजुबाट एक गेष्ट हाउस एण्ड रेष्टुरेन्ट सञ्चालकलाई पक्राउ गरेको छ । बालिकालाई जबरजस्ती वेश्यावृत्तीको काममा लगाएको अभियोगमा प्रहरीले गरेको छ ।
मानव बेचबिखन अनुसन्धान व्यूरोबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका-१६ बालाजुमा पञ्चेश्वर महाकाली गेष्ट हाउस एण्ड रेष्टुरेन्टका सञ्चालकलाई मंगलबार बेलुका पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।
उक्त गेष्ट हाउसका सञ्चालक गोरखा पालुङटार नगरपालिका-६ घर भएका ४५ वर्षीय शम्भु लाल मल्ललाई पक्राउ गरिएको व्युरोको सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुँवरले केटिएम दैनिकलाई बताए ।
मल्लले आर्थिक लाभ/फाइदा लिई बालिकाहरुलाई जबरजस्ती वेश्यावृत्तिमा लगाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा त्यहाँ पुगेको प्रहरीले उक्त गेष्टहाउसबाट २ जना बालिकाहरुको उद्दार गरेको छ ।
उद्दार गरिएका बालिकाहरूलाई सुरक्षित आवासको लागि सेल्टरहोममा पठाईएको व्युरोले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ परेका मल्ललाई मानव बेचविखन तथा ओसारपसार मुद्दामा काठमाडौं जिल्ला अदालतबाट चैत ४ गतेबाट लागूहुने गरी पहिलोपटक पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी कुँवरले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #बालाजु गेष्ट हाउस सञ्चालक बालिकालाई जबरजस्ती वेश्यावृत्तिमा लगाएको अभियोगमा पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्