एमालेको राष्ट्रिय आकांक्षा कार्यान्वयनमा बुद्धिजीवी र प्रवासीको संयुक्त समझदारी, एक वर्षभित्र नीति निर्माणको लक्ष्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अघि सारेको राष्ट्रिय आकांक्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई मूर्तरूप दिन तीन संस्थाबीच महत्वपूर्ण समझदारी भएको छ। नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको संयोजनमा नेपाल बुद्धिजीवी परिषद् र प्रवासी नेपाली मञ्चले बौद्धिक तथा सांगठानिक क्षमता, अनुभव र स्रोतको समुचित परिचालन गर्दै संयुक्त रुपमा अघि बढ्ने सहमति गरेका हुन्।
नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय सदस्य बिश्वास खतिवडाका अनुसार तीन संस्थाबीचको यो सहकार्यले समाजवादको निर्माणमा नीतिगत स्पष्टता, कार्यान्वयनको दिशा र संगठनात्मक बल प्रदान गर्ने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार ‘समृद्ध नेपाल, सुखी नेपाली’ नीतिगत खाका तयार गर्न विभिन्न अन्तरक्रिया, छलफल, कार्यशाला र विचारमूलक सामग्री प्रकाशनको कार्य अगाडि बढाइनेछ। यसका लागि उच्चस्तरीय निर्देशन समिति र दैनिक कार्य सम्पादनका लागि कार्यदल गठन गरिएको छ।
नीति निर्माण प्रक्रियामा विज्ञहरूको क्लस्टर परिचालन गरिनेछ, जसले नीति लेखन, सम्पादन तथा अन्तिम रुप दिन सहयोग गर्नेछ। यससँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कार्यक्रम सञ्चालन गर्दै प्रवासी नेपाली विज्ञहरूको अनुभव र सल्लाह समेटिने छ।
नीतिलाई सशक्त बनाउन स्रोत संकलन र परिचालन गरिने छ भने अन्तिम रुप दिइएको नीतिलाई एमालेले अंगिकार गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचारप्रसार गरिनेछ। प्रचारको प्रभावकारिता बढाउन वृत्तचित्र तथा श्रव्यदृश्य सामग्री तयार गरिनेछ, जसले नेता, कार्यकर्ता र आम जनताले सजिलै बुझ्न, आत्मसात् गर्न र कार्यान्वयन गर्न सहज हुनेछ।
कार्यक्रम एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ।
समझदारीपत्रमा नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको तर्फबाट प्रदीप ज्ञवाली , नेपाल बुद्धिजीवी परिषद्को तर्फबाट डा दिनेश चन्द्र देवकोटा र प्रवासी नेपाली मञ्चको तर्फबाट संजय थापाले हस्ताक्षर गरेका छन्।
निर्देशन समितिमा एमाले उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा प्रदीप ज्ञवाली, डा दिनेश चन्द्र देवकोटा र संजय थापा सदस्यका रुपमा रहनेछन्। त्यस्तै, कार्यदलमा डा दीपेन्द्र श्रेष्ठ , आशिष रेग्मी, डा. विमला भण्डारी र बिश्वास खतिवडा रहेका छन्।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #एक वर्षभित्र नीति निर्माणको लक्ष्य, #एमालेको राष्ट्रिय आकांक्षा कार्यान्वयनमा बुद्धिजीवी र प्रवासीको संयुक्त समझदारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्