भाटभटेनीको बहादुरी देखाउने सुरक्षा गार्ड पराजुलीलाई ५ लाख पुरस्कार
काठमाडौं, २० चैत । चैत १५ गते राजावादीको हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनी सुपरमार्केट लुटपाट र तोडफोडको घटना नियन्त्रणमा लिन बहादुरी देखाएका सुरक्षा गार्ड दुलप्रसाद पराजुली उच्च सम्मानका साथ पुरस्कृत भएका छन् ।
बुधबार आयोजित विशेष समारोहमा भाटभटेनीले पराजुलीलाई ५ लाख १ हजार १ सय ११ रुपैयाँको नगद पुरस्कार, एक फूली र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरेको हो ।
भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले स्वयं उपस्थित भई दुबोको माला लगाएर पराजुलीलाई सम्मान गरे । पराजुली २२ वर्षदेखि भाटभटेनीमा कार्यरत छन् ।
गत चैत १५ गते राजावादी समूहको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन पराजुलीले लुटेराहरूको समूहसँग सामना गरेका थिए । उनले लुटेराहरूलाई लाठी प्रहार गर्दै लखेट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
समारोहमा अन्य कर्मचारीहरूलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #भाटभटेनीको बहादुरी देखाउने सुरक्षा गार्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्