नेपाली सेनाको टोली म्यानमार प्रस्थान
काठमाडौं, २० चैत । नेपाली सेनाको टोली भूकम्पग्रस्त म्यानमार प्रस्थान गरेको छ ।
मेडिकल सामग्रीसहित टोली आज म्यानमार प्रस्थान गरेको हो । प्रमुख सेनानी रामचन्द्र श्रेष्ठको नेतृत्वमा १२ जना चिकित्सकीय टिम, ४ जना बन्दोबस्ती सहायता टिम र ६ जना क्रु मेम्बरसहित कूल २२ सदस्यीय टोली नेपाली सेनाको सीएन-२३५ सीएएसए विमानद्वारा म्यानमारतर्फ प्रस्थान गरेको हो ।
यसअघि मन्त्रिपरिषद् बैठकले मेडिकल राहतसहित नेपाली सेनाको टोली म्यानमार पठाउने निर्णय गरेको थियो । टोली एक सातासम्म म्यानमार भूकम्पमा परी घाइते भएकाहरूको स्वास्थ्य उपचारमा खटिनेछ ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नेपाली सेनाको टोली म्यानमार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्