तारकेश्वर-११ मनमैजुले महिलाहरूलाई एडभान्स सिलाई कटाई तालिम प्रदान गर्दै
काठमाडौँ । तारकेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका नागरिक, विशेष गरी महिलालाई लक्षित गर्दै स्वरोजगारमूलक तालिमहरू प्रदान गर्दै आएको छ। यसै क्रममा, तारकेश्वर वडा नं. ११ मा स्थायी बसोबास गर्ने महिलाहरूलाई एडभान्स सिलाई कटाई तालिम प्रदान गरिने भएको छ। वडा अध्यक्ष कविराज बस्नेतले एक सूचना जारी गर्दै इच्छुक महिलाहरूलाई तालिममा सहभागीताका लागि आवेदन दिन आग्रह गरेका छन् ।
तारकेश्वरको विकास, रोजगारी सिर्जना, पूर्वाधार निर्माणका कार्यमा सक्रिय रहँदै आएका नगर प्रमुख कृष्णहरी महर्जनको नेतृत्वमा नगरपालिकाले विभिन्न योजनाहरू अघि बढाइरहेको छ। महर्जनले नागरिकहरूको समस्यासँग साक्षात्कार गर्न बिहान ६ बजेदेखि सार्वजनिक विदा शनिबारका दिनपनि चिया गफ कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
नगरपालिकाले नगर प्रवेशद्वारमा मौलिक शैलीको गेट निर्माण, अटो डिटेक्टिभ सिसि क्यामेरा जडान, सडक बत्तीहरूको व्यवस्थापन जस्ता पूर्वाधार विकासका कार्यहरू पनि गरेको छ।
सिलाई कटाई तालिम (एडभान्स कोर्ष) सम्बन्धी सूचना तारकेश्वर नगरपालिका, वडा नं. ११ मा स्थायी बसोबास गर्ने महिलाहरूलाई लक्षित गर्दै एडभान्स सिलाई कटाई तालिम सञ्चालन गरिने भएको छ। इच्छुक महिलाहरूले उल्लेखित कागजातसहित मिति २०८१/१२/२५ भित्र निवेदन पेश गर्नुपर्नेछ ।
तपशिल: १. योग्यता: सिलाई कटाई तालिमको बेसिक कोर्षको प्रमाणपत्रको प्रतिलिपि। २. नागरिकता प्रमाणपत्रको प्रतिलिपि। ३. स्थायी बसोबासको प्रमाणपत्र (मतदान कार्ड, घरको नक्सापास वा सम्पत्ति कर तिरेको रसिद)। ४. पासपोर्ट साइजको फोटो – १ थान ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #तारकेश्वर-११ मनमैजुले महिलाहरूलाई एडभान्स सिलाई कटाई तालिम प्रदान गर्दै
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्