गणतन्त्रको पक्षमा एमालेको जागरण सभा (फोटो फिचर)
काठमाडौं, चैत १८ गते । नेकपा (एमाले) ले गणतन्त्रको पक्षमा आज जागरण सभा आयोजना गरेको छ । एमालेले आज देशव्यापी रुपमा सो जागरणसभा आयोजना गरेको हो । यसैगरी काठमाडौंको तीनकुने क्षेत्रबाट सोमबार निकालिएको मोटरसाइकल र्याली भक्तपुरमा गएर समापन भएको थियो ।
तीनकुने क्षेत्रमा आयोजित कार्यक्रमलाई एमाले महासचिव शंकर पोखरेलले सम्बोधन गर्नुभयो । सो अवसरमा उहाँले जनताले लडेर ल्याएको उपलब्धीलाई पुनः पूर्व राजावादीहरुले खोस्ने दुस्साहस गर्न थालेकाले गणतन्त्रको पक्षमा जनताको चेतना जागृत गर्न जागरण सभा आयोजना गरिएको बताउनुभयो । इतिहास भइसकेको राजतन्त्र अब कुनै हालतमा फर्केर आउन नसक्ने उहाँले प्रष्ट पार्नुभयो ।
जागरण सभामा काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला समिति, काठमाडौं उपत्यका प्रदेश समिति, युवा, महिला लगायतका २२ जनसङ्गठनका पदाधिकारी तथा सदस्यहरु सहभागी हुनुहुन्थ्यो ।
एमाले सचिवालय बैठकले गरेको निर्णयअनुसार सोमबार देशैभरका जिल्ला सदरमुकाम र प्रमुख सहरहरुमा जागरण सभा आयोजना गरिएको एमाले कार्यालयका मुख्यसचिव डा. भिष्म अधिकारीले जानकारी दिनुभयो ।












क्याटेगोरी : समाचार
ट्याग : #breaking, #गणतन्त्रको पक्षमा एमालेको जागरण सभा (फोटो फिचर)
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्